Kathmandu Press

उपल्लो डोल्पामा कोरोनाविरुद्ध खोप लगाउन समस्या

जाजरकोट, माघ ७ : हिमपातका कारण उपल्लो डोल्पाका बासिन्दाले कोरोना भाइरसविरुद्धको खोप लगाउन नपाउने भएका छन्।स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि...
उपल्लो डोल्पामा कोरोनाविरुद्ध खोप लगाउन समस्या

जाजरकोट, माघ ७ : हिमपातका कारण उपल्लो डोल्पाका बासिन्दाले कोरोना भाइरसविरुद्धको खोप लगाउन नपाउने भएका छन्।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका लागि सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने कार्यालयको सूचनामा उल्लेख छ।

विद्यार्थीलाई खोप लगाउनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सरकारको निर्णय छ। तर, उपल्लो डोल्पामा भने हिमपातका कारण विद्यालय नखुल्ने भएका छन्।

भारी हिमपातका कारण उपल्लो डोल्पासँगको आवतजावत बन्द भएपछि खोप पनि नलगाइने भएको हो। बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन्।

उपल्लो डोल्पाका शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैसँग सम्पर्कविहीन हुन्छन्।

त्यसैले, यहाँका स्वास्थ्यकर्मी र महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए। (रासस)

प्रकाशित मिति: ०८:२० बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्