Kathmandu Press

चाँगुनारायण जंगलमा चरा गणना सुरु

काठमाडौं, माघ ७ : धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जंगल क्षेत्रमा गणना सुरु गरिएको छ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको...
चाँगुनारायण जंगलमा चरा गणना सुरु

काठमाडौं, माघ ७ : धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जंगल क्षेत्रमा गणना सुरु गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण संघका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन्। गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन्।

थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ। चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए। (रासस)

प्रकाशित मिति: ०७:२६ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्