Kathmandu Press

पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा पक्राउ

काठमाडौं, माघ ६ : पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ...
पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा पक्राउ

काठमाडौं, माघ ६ : पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् ।

Hardik ivf

२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सूचिकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान तरवार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध शाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरवार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान बस्तु बुधबार दिउँसो फेला पारेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, माघ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्