यातायात व्यवस्था कार्यालय इलामद्वारा तीन करोड राजस्व सङ्कलन
मङ्गलबारे, माङ ६ : यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको...मङ्गलबारे, माङ ६ : यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको हो।
चालक अनुमतिपत्र (ड्राइभिङ लाइसन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन पारम सुरु भएको हो। त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ। सवारीसाधन करतर्फ दुई करोड ४३ लाख ३८ हजार २०१ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए।
त्यस्तै प्रशासनिक दण्डजरिवानातर्फ १० हजार सङ्कलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट रु ६ लाख ३२ हजार ५० सङ्कलन भएको छ। चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ४९ लाख ९५ लाख ७०० सङ्कलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिए। उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व सङ्कलन भएको छ।
यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ। इलामबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताए। उनका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन्।