Kathmandu Press

सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु

सर्लाही, माघ ६ : सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका-११ की ७५ वर्षीय देवकली साहदेवी रहेको प्रहरीले...
सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु

सर्लाही, माघ ६ : सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गोडैता नगरपालिका-११ की ७५ वर्षीय देवकली साहदेवी रहेको प्रहरीले जनाएको छ। अत्यधिक जाडोका कारण बुधबार राति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए। 

जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृिद्ध भएको छ। यसअघि यसै वर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्