Kathmandu Press

पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौ, माघ ६ : पत्रकार एलबी विश्वकर्माको निधन भएको छ।टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान  उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले...
पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौ, माघ ६ : पत्रकार एलबी विश्वकर्माको निधन भएको छ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान  उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो। 

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन्। 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्