Kathmandu Press

आयाल निगमको निमित्त कार्यकारीमा सुशील भट्टराई नियुक्त

काठमाडौं, माघ ६ : नेपाल आयाल निगमको निमित्त कार्यकारीमा सुशील भट्टराई नियुक्त भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई निमित्त कार्यकारीमा नियुक्त गरेको...
आयाल निगमको निमित्त कार्यकारीमा सुशील भट्टराई नियुक्त

काठमाडौं, माघ ६ : नेपाल आयाल निगमको निमित्त कार्यकारीमा सुशील भट्टराई नियुक्त भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई निमित्त कार्यकारीमा नियुक्त गरेको हो। 

कार्यकारी निर्देशक रहँदै आएका सुरेन्द्रकुमार पौडेलको कार्यकाल अघिल्लो साता सकिएको थियो। उनी बिदा भएपछि निगम नेतृत्वविहीन थियो। 

नयाँ कार्यकारी नियुक्त नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो। नयाँ कार्यकारी नियुक्तिका लागि सूचना आह्वान गरिसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्