Kathmandu Press

धनुषामा युवतीको बीभत्स हत्या, करणीकाे आशंका

जनकपुरधाम, माघ ६ : धनुषामा बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा करिब २५ वर्षीया युवतीको शव फेला परेको छ।धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि दुई किलोमिटर...
धनुषामा युवतीको बीभत्स हत्या, करणीकाे आशंका

जनकपुरधाम, माघ ६ : धनुषामा बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा करिब २५ वर्षीया युवतीको शव फेला परेको छ।

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि दुई किलोमिटर दक्षिणतर्फ आँपबगैंंचामा बुधबार साँझ टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रातो रंगको स्वेटर र नीलो रंगको कुर्ता सुरुवाल लगाएकी ती युवतीको परिचय भने खुलिनसकेको प्रहरीले जनाएके छ। करणीपछि युवतीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्