Kathmandu Press

आजबाट पोखरामा आहा रारा गोल्डकप हुँदै

पोखरा, माघ ६ : आजबाट पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ।सहारा क्लब पोखराको आयोजनामा २०औं गोल्डकप हुन लागेको छ। पोखरा...
आजबाट पोखरामा आहा रारा गोल्डकप हुँदै

पोखरा, माघ ६ : आजबाट पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ।

सहारा क्लब पोखराको आयोजनामा २०औं गोल्डकप हुन लागेको छ। पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

Hardik ivf

प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए सहभागी हुनेछ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार पुरस्कार पाउनेछन्।

 

प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, माघ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्