Kathmandu Press

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

वीरगञ्ज, माघ ६ : पर्साको वीरगञ्जबाट ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएको ट्रक...
भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

वीरगञ्ज, माघ ६ : पर्साको वीरगञ्जबाट ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको हो।  

Hardik ivf

बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाडौं जाँदै गरेको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको जनाएको छ।

ट्रक चालक वीरगञ्ज २ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

 

प्रकाशित मिति: ०७:०३ बजे, बिहीबार, माघ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्