Kathmandu Press

आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

काठमाडाैं, माघ ५ : वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ। नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ...
आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

काठमाडाैं, माघ ५ : वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ। नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिष्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुने जनाएको हो।

कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ। उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ। यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए।

Hardik ivf

सम्मेलनमा राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, सङ्घर्षका स्वरूप, सङ्गठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, शहीद, घाइते, अपाङ्ग एवं बेपत्ता योद्धा, पार्टी एकता धु्रवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संविधान, देशभक्त वामपन्थी र प्रगतिशील संयुक्त मोर्चा र सरकारलगायतका विषयमा छलफल गरिनेछ।
    
प्राप्त मस्यौदालाई संश्लेषित गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ। सम्मेलनको नारा ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आवश्यकता’ र ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणका लागि व्यापक जनसहभागिता’ तय गरिएको छ।

आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्र्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापन कार्यक्रम जस्ता विधि अपनाइनेछ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्