Kathmandu Press

सङ्क्रमण दर बढेपछि आन्तरिक उडानमा कडाइ

काठमाडाैं, माघ ५ : पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ।सङ्घले आज...
सङ्क्रमण दर बढेपछि आन्तरिक उडानमा कडाइ

काठमाडाैं, माघ ५ : पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ।

सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ  क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ। सङ्घको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो।

प्रकाशित मिति: २०:०१ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्