Kathmandu Press

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदैन : मन्त्री यादव

विराटनगर, माघ ५ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव...
कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदैन : मन्त्री यादव

विराटनगर, माघ ५ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरिएको बताएका छन।

आज मन्त्रालयमा आयोजित अक्सिजन आपूर्तिकर्तासँग छलफलमा उनले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोहीअनुसारको सेवा दिन आपूर्तिकर्तालाई आग्रह गरे।

सो अवसरमा मन्त्री यादवसमक्ष आपूर्तिकर्ता उद्योगका प्रतिनिधिले कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिसँग छलफल गरेका हुन।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी भएका थिए। आपूर्तिकर्ताले अक्सिजनका खाली सिलिण्डर समयमै उपलब्ध गराइदिनुपर्ने बताएका छन। प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ श्यया विस्तार गरेको छ। यसअघि ९६ श्ययाको अस्पताल सञ्चालनमा थियो।

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्