पशुपतिनाथमा भक्तजनलाई रोक लगाइकोमा विरोध
काठमाडौं, माघ ५ : पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । आज देखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा...
काठमाडौं, माघ ५ : पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । आज देखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा विरोध जनाइएको हो ।
आज राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बद्री न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । उनले भने,‘क्रिश्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ उनले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्राथना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे ।
हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाई थियो । उनले क्रिश्चियनको चाडमा बिदा दिने सरकारले राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिएकोमा आपक्ति समेत जनाए । समाजसेवी तथा बृद्धिजिवि प्रकाश रायमाझीले राज्यले पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका क्रियाकलापहरु बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे ।
कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै बिश्वभक्त बाबाले धार्मीक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे ।












