Kathmandu Press

वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार

खाँदवारी, माघ ५ : सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ। मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई...
वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार
Hardik ivf

खाँदवारी, माघ ५ : सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ। मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताए। अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन। ढुङ्गा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताए। ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ। वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको थियो। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।  

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भत्र्सना गरेको छ। मङ्गलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो। गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ। लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्