Kathmandu Press

जिल्ला प्रशासन भक्तपुरका सबै सेवा भोलिदेखि स्थगित

काठमाडौं, माघ ५ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि (बिहीबार) देखि सबै सेवा स्थगित गर्ने भएको छ। उक्त कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९को नयाँ भेरियन्टसहित...
जिल्ला प्रशासन भक्तपुरका सबै सेवा भोलिदेखि स्थगित

काठमाडौं, माघ ५ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि (बिहीबार) देखि सबै सेवा स्थगित गर्ने भएको छ। 

उक्त कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९को नयाँ भेरियन्टसहित ओमिक्रोन संक्रमण देखिएपछि कार्यालय अन्तर्गतका सबै काम स्थगित गरिएको कार्यालयले जनाएको छ।

जसअन्तर्गत शान्ति सुुरक्षा, मुद्दा सम्बन्धी अत्यावश्यक सेवा बाहेक कर्मचारी र सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपी, नावालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानी फँटका सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएका छन्।

यस्तै, अत्यावश्यक सेवा लिने सेवाग्राहीहरूले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्नुका साथै खोप कार्ड वा कार्डको फोटो लिएर आउन कार्यालयले आग्रह गरेको छ। 
 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्