Kathmandu Press

गैंडाको आक्रमणबाट दुई घाइते

चितवन, माघ ५ : पश्चिम चितवनमा गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैंडाको आक्रमणबाट दुई घाइते...
गैंडाको आक्रमणबाट दुई घाइते

चितवन, माघ ५ : पश्चिम चितवनमा गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैंडाको आक्रमणबाट दुई घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैंडाले आक्रमण गरेको हो।

गैंडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए।

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्