Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल ९५ र पेट्रोलकाे १०७ रुपैयाँ

काठमाडौं, भदौ २४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

आज मध्याह्....

पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल ९५ र पेट्रोलकाे १०७ रुपैयाँ

काठमाडौं, भदौ २४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको निगमले जनाएको छ। डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

मूल्य घटेसँगै डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ। त्यस्तै, पेट्रोल प्रतिलिटर एक सय सात रुपैयाँ कायम भएको छ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ। पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, भदौ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्