१० ओभरको खेलमा नेपालले बनायो १०४
काठमाडौं, माघ २० : वर्षाका कारण १०-१० ओभरको खेलमा सिमित गरिएको नेपाल र यूएईबीचको आज भईरहेको तेस्रो टी-२० खेलमा नेपालले पहिले ब्याटिंग गर्दै ७ विकेट गु....
काठमाडौं, माघ २० : वर्षाका कारण १०-१० ओभरको खेलमा सिमित गरिएको नेपाल र यूएईबीचको आज भईरहेको तेस्रो टी-२० खेलमा नेपालले पहिले ब्याटिंग गर्दै ७ विकेट गुमाएर १०४ रन बनाएको छ ।
टी-२० शृंखलाअन्तर्गतको अन्तिम खेल दिउँसो २ः४५ बजे दुबईमा शुरु हुने भनिएको खेल ढिलो गरि शुरु भएको थियो । तीन खेलको टी-२० शृंखला बराबरी अवस्थामा छ । पहिलो खेल यूएईले र दोस्रो खेल नेपालले जितेको थियो ।
आजको खेलमा पवन सराफ शून्य मै आउट भए भने कप्तान पारस खड्काले २९ रन बनाएर नेपालको इनिंग सम्हाल्ने प्रयत्न गरे / तर, अन्य ब्याट्समेनले राम्रो खेल्न नसक्दा नेपालको स्थिति धर्मरायो ।
५४ रनमा ज्ञानेन्द्र मल्ल र दिलिप सिंह ऐरीसहित ४ विकेट गुमाएपछि क्रिजमा आएका युवा सन्दिप जोराले २८ रन बनाउँदा केहि हदसम्म भए पनि नेपालको स्थिति सुध्रिएको थियो ।
सन्दिप आउट भएपछि खेल्न आएका बिनोद भण्डारीले २१ रन बनाए भने करण केसीले १० रन मात्र बनाउन सके ।
यूएईको तर्फबाट कप्तान मोहम्मद नबिद र सुल्तान अहमदले २-२ विकेट लिएका छन् ।
पहिलो खेलमा यूएईले २१ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपालले चार विकेटले जितेको थियो ।
नेपाली टोलीको नेतृत्व पारश खड्काले गर्ने छन भने यूएईको नेतृत्व मोहम्मद नवीदले गर्ने छन् । दुवै टोलीमा केही खेलाडी फेरबदल हुन सक्ने छन् ।
नेपालले अहिलेसम्म टी-२० शृंखला जितेको छैन् । नेपालले खेलेका दुई अन्तर्राष्ट्रिय शृंखलामा हङकङ र नेदरल्यान्डसँग हारेको थियो ।
पाँच खेलको शृंखलामा चार खेल वर्षाले रद्द हुँदा अन्तिम खेल हङकङले जितको थियो । त्यस्तै, नेदरल्यान्डसँग पनि शृंखला गुमाएको थियो । चार खेलको शृंखलामा ३-१ ले हारेको थियो ।
आजको खेल जितेमा पहिलो टी-२० शृंखला जित्ने छ । त्यसैले, आज नेपाली टोलीलाई इतिहास रच्ने मौका छ ।






