दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा
काठमाडौं, माघ ५ : काठमाडौंको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ। प्रदेश नं. ३-०२-०२६ प १८२४ को...
काठमाडौं, माघ ५ : काठमाडौंको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ।
प्रदेश नं. ३-०२-०२६ प १८२४ को मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए। उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ।
अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाईछिपाई राखेको अवस्थामा ना१क ४५०२ नम्कोबर टिपरहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












