Kathmandu Press

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

तनहुँ, माघ ५ : सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन...
दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

तनहुँ, माघ ५ : सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो। 

सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यसवर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा दिवस ढकालले जानकारी दिए।

Hardik ivf

करिब दश लाख बजेट आवश्यक पर्ने देखिएको छ । उनले भने, ‘ट्रष्ट निर्माण पश्चात अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ ।’ दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको रहेको उनले बताए।

अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्वि गर्न लागिएको उनले बताए।

अस्पतालमा दैनिक एक सयदेखि १५० सम्मको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । यतिबेला रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको मेडिकल रेकर्डर सरोज रेग्मीले जानकारी दिए। उपचारमा आएका बिरामीलाई आराम गर्न होम आइसोलेशनमा बस्ने, खानपिनमा ध्यान दिने, तातोपानी मात्र सेवन गर्ने र नियमित औषधि सेवन गर्ने लगायतका सल्लाह सुझाव दिने गरिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । 

तनहुँमा मंगलबार सम्म १११ नयाँ सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । केहि दिन अघि तनहुँमा कोरोना सङ्क्रमण दर सङ्ख्या न्यून रहेको थियो। 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्