Kathmandu Press

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

महोत्तरी, माघ ५ : घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा...
महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

महोत्तरी, माघ ५ : घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।

सत्तरी  वर्षीय इस्लाम राइन भन्छन्, ‘अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । ‘बिरामी भएपछि पिसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो,’ सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्छन्, ‘बस्तीमा  पिसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।’

Hardik ivf

भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्छिन्, ‘रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।’ बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् । ‘हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ,’ बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भने।

जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।

जिल्लाका सबै भेगमा आमरुपमै रुघाखोकीका बिरामी बढेका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बताउँछन् । ‘चिसो मौसमकै बीच कोरोना सङ्क्रमण बढेको हुँदा सचेतता त आवश्यक छ नै, आत्तिनुपर्ने अवस्था त छैन, तर स्वच्छ खानपिन र स्वच्छ आहारविहारमा सबैले ध्यान दिनैपर्छ,’ कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्छन्, ‘अहिले जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालमा खोप दिइँदैछ, आमरूपमा खोप लिन सबैलाई प्रोत्साहित गरिनपर्छ ।’ यसबाहेक थोरै पनि स्वास्थ्यसम्बन्धी जटिलता देखिए तत्काल स्वास्थ्य संस्थामा बिरामी पु¥याउन पनि उनले सबैसँग अपिल गरेका छन्।  

प्रकाशित मिति: १२:१५ बजे, बुधबार, माघ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्