Kathmandu Press

बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा

उदयपुर, माघ ५ : चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो...
बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा

उदयपुर, माघ ५ : चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो ।  

कोभिड–१९ का बिरामी नभएपछि गत मङ्सिर १७ गतेदेखि सातधारे अस्पताल बन्द भएको थियो । हाल कोभिडबाट सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै जान थालेपछि उक्त अस्पताललाई पुनः सञ्चालनमा ल्याइएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए। 

हाल उक्त कोभिड अस्पतालमा सात सङ्क्रमितलाई राखेर उपचार भइरहेको कोभिड अस्पताल बेल्टारका प्रमुख तेजबहादुर पोखरेलले बताउनुभयो । माघ २ गतेदेखि उक्त कोभिड अस्पताल पुनः सञ्चालन गरिएको र कोभिड सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम दैनिक वृृद्धि हुँदै गएको पोखेरलले बताए। 

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्