Kathmandu Press

पशुपतिमा नित्य पूजा बाहेक सबै कामकाज बन्द

काठमाडौं, माघ ५ : कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक सबै कार्यक्रम बन्द गरिएको छ।पशुपति क्षेत्र विकास कोषसले सूचना...
पशुपतिमा नित्य पूजा बाहेक सबै कामकाज बन्द

काठमाडौं, माघ ५ : कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक सबै कार्यक्रम बन्द गरिएको छ।

पशुपति क्षेत्र विकास कोषसले सूचना प्रकाशित गरी पशुपतिनाथ, गुहेश्वर लगायत पशुपति क्षेत्रका मन्दिरमा परम्परागत नित्य पूजा बाहेक सम्पूर्ण कामकाज बन्द गरिएको जनाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पूजापाठका कार्यक्रम रोकिएको जनाएको छ।

यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पनि छुट्टा छुट्टै आदेश जारी गरी माघ मसान्तसम्म मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापमा रोक लगाएको थियो।

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, माघ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्