पीएम कपको उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्दै
काठमाडौं, माघ ५ : प्रधानमन्त्री कप टी–२० क्रिकेटको फाइनलमा आज दुई विभागीय टोली भिड्दै छन्।त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल एपीएफ क्लब...
काठमाडौं, माघ ५ : प्रधानमन्त्री कप टी–२० क्रिकेटको फाइनलमा आज दुई विभागीय टोली भिड्दै छन्।
त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। फाइनल खेल आज बिहान १० बजे सुरु हुनेछ।
दुवै विभागीय टिम उपाधिका लागि मैदानमा उत्रिनेछन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।
त्यस्तै, पुलिसले पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएको थियो। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित मिति: ०७:२८ बजे, बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











