Kathmandu Press

बर्जु महोत्सव : कलाकार नआएपछि आक्रोशित भिडले फाेडे स्टेज

काठमाडौं, माघ ४ : बर्जु महोत्सवमा निर्धारित कार्यक्रम अनुसार कलाकार नआएपछि आक्रोशित भिडले स्टेज तोडफोड गरेका छन।स्थानीय प्रशासनले महोत्सवमा जान कलाकारलाई रोक लगाएपछि...
बर्जु महोत्सव : कलाकार नआएपछि आक्रोशित भिडले फाेडे स्टेज

काठमाडौं, माघ ४ : बर्जु महोत्सवमा निर्धारित कार्यक्रम अनुसार कलाकार नआएपछि आक्रोशित भिडले स्टेज तोडफोड गरेका छन।

स्थानीय प्रशासनले महोत्सवमा जान कलाकारलाई रोक लगाएपछि आक्रोशित भिडले स्टेज तोडफोड गरेका छन्। तोडफोडका क्रममा चार वटा सवारीमा आगजनी भएको छ।

कार्यक्रम अनुसार महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादव आउने भन्दै मेला आयोजक समितिले टिकट बिक्री गरेको थियो।

तर स्थानीय प्रशासनले निर्देशिन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई महोत्सवमा जना रोक लगाएको थियो।

खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ।

महाेत्सव पुस २३ गतेदेखि भइरहेकाे थियाे।

 

प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्