Kathmandu Press

युरोकप छनोट: नेदरल्याण्ड्सद्वारा स्टोनिया ४-० ले पराजित

काठमाडौं, भदौ २४ :  युरो कप छनोटमा नेदरल्याण्डले स्टोनियालाई पराजित गरेको छ। 

गएराति भएको खेलमा नेदरल्याण्ड्सले स्टोनियालाई ४&ndas....

 युरोकप छनोट: नेदरल्याण्ड्सद्वारा स्टोनिया ४-० ले पराजित

काठमाडौं, भदौ २४ :  युरो कप छनोटमा नेदरल्याण्डले स्टोनियालाई पराजित गरेको छ। 

गएराति भएको खेलमा नेदरल्याण्ड्सले स्टोनियालाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको १७ औं मिनेटमा रायन बबेलले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्याण्ड्सले दोस्रो हाफमा तीन गोल गरेको थियो। खेलको  ४७ औं मिनेटमा रायनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको ७६ औं मिनेटमा मेफिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–० को अग्रता दिलाएका थिए।

खेलको ८७ औं मिनेटमा जर्जिन्हो विजनलमले गोल गरेपछि नेदरल्याण्ड्स ४–० को जित निकाल्न सफल भयो।

जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्याण्ड्सको ४ खेलबाट ९ अंक भएको छ। समूहको शीर्ष स्थानमा रहेको जर्मनीको ५ खेलबाट १२ अंक छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको पनि १२ अंक नै छ।
 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, भदौ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्