Kathmandu Press

गृहमन्त्रीद्वारा पुरातात्विक क्षेत्रको पुनःनिर्माणबारे जानकारी

काठमाडाैं, माघ ४ : गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुनःनिर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन। गृह मन्त्रालयमा आज भएको बैठकमा...
गृहमन्त्रीद्वारा पुरातात्विक क्षेत्रको पुनःनिर्माणबारे जानकारी

काठमाडाैं, माघ ४ : गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुनःनिर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन। गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गुठी संस्थानका अध्यक्ष पुण्य भुसाललगायतसँग भूकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुनःनिर्माणबारे जानकारी लिएका हुन।

बैठकमा भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक संरचनाको पुनःनिर्माण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन र पुनःनिर्माण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के के योजना छन् भन्नेबारेमा मन्त्री खाँणले जिज्ञासा राखेका थिए। बैठकका सहभागीले गृहमन्त्री खाँणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराएका थिए।

मन्त्री खाँणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुनःनिर्माणमा मौलिकता हराउन नहुने भन्दै मौलिकता झल्किने गरी निर्माण गर्न निर्देशन दिए। भूकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचना देखिएका भन्दै अब छिटो ती संरचनाको पुनःनिर्माण सक्न निर्देशन दिँदै मन्त्री खाँणले सरकारले त्यसका लागि गर्नुपर्ने काम के हो भनेर जानकारी मागे।

उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी रहेका थिए। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुनःनिर्माणको काम स्थानीय निकायलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने ललितपुरमा पुनःनिर्माण गर्दाको अनुभवबाट आफूले बुझेको बताए। उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ आफूले सिकेको पनि बताए।

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्