फेसबुकको पनि डेटिङ सेवा सुरु
फेसबुकले गत बिहीबारदेखि अमेरिकामा अनलाइन डेटिङ सेवा सुरू गरेको छ। यो सेवा सुरुसँगै टिन्डरजस्ता स्मार्टफोन एपको प्रतिस्पर्धामा फेसबुक पनि ओर्लिएको छ।
तर....
फेसबुकले गत बिहीबारदेखि अमेरिकामा अनलाइन डेटिङ सेवा सुरू गरेको छ। यो सेवा सुरुसँगै टिन्डरजस्ता स्मार्टफोन एपको प्रतिस्पर्धामा फेसबुक पनि ओर्लिएको छ।
तर फेसबुकले दीर्घकालीन सम्बन्धमा जोड दिने बताएको छ। “फेसबुक डेटिङ” निशुल्क वेबसाइट हो। यसको घोषणा पोहोर भएको थियो। अहिले १९ ओटा देशमा यसको सेवा उपलब्ध छ।
फेसबुक र इन्स्टाग्रामका पोस्टहरू भिन्दै डेटिङ प्रोफाइलसँग लिङ्क गर्न सकिनेछ। यो सेवाले फेसबुकका दुई अर्बभन्दा धेरै प्रयोगकर्तालाई रोमान्टिक सम्बन्ध बनाउन सहजीकरण गर्नेछ।
“फेसबुक डेटिङले साथीको र साथी वा तपाईंको फ्रेन्ड सर्कलमा नभएका मानिससँग म्याच गर्न सहयोग गर्नेछ,” परियोजनाका प्रमुख नेथन शार्पले ब्लग पोस्टमा भनेका छन्।
यसको “सिक्रेट क्रश” भन्ने “फिचर”ले फेसबुकमा साथी नभएका मानिसहरूलाई पनि गोप्य रूपमा सम्पर्क गर्ने मौका दिनेछ।
“फेसबुक डेटिङले तपाईंको साथीहरूसँग म्याच गराउँदैन। तर तपाईंले सिक्रेट क्रश र एकअर्कालाई साथी बनाउनुभयो भने त्यो सम्भव हुनेछ,” शार्पले बताए।
“रोमान्टिक प्रेमी भेट्नु व्यक्तिगत विषय हो। त्यसैले हामीले डेटिङलाई सुरक्षित, समावेशी र वैकल्पिक बनाएका छौं। सुरक्षा र गोपनियता यसको अग्रपङ्कतिमा छ” उनले भने ।
प्रयोगकर्ताले जोकोहीलाई पनि ब्लक र रिपोर्ट गर्न सक्ने शार्पले बताए। उनीहरूले अरूलाई फोटो, लिङ्क, पेमेन्ट वा भिडियो सन्देश पठाउनबाट निषेध पनि गर्न सक्नेछन्।
प्रयोगकर्ताहरूले उनीहरूका “स्टोरिज” सञ्जालमार्फत् पोस्ट गर्न सक्नेछन्। शार्पका अनुसार यसले फेसबुकको यो सेवालाई अन्यभन्दा विशिष्ट बनाउनेछ।
फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सेवाको योजना अघिल्लो वर्ष घोषणा गरेका थिए। उनले वास्तविक र दीर्घकालीन सम्बन्ध नै यसको मुल ध्येय भएको बताए।
अमेरिकामा प्रत्येक तीनमध्ये एउटा विवाह अनलाइनबाट सुरू हुने र फेसबुकका २० करोड प्रयोगकर्ता आफूलाई “सिङ्गल” बताउने गरेको मार्कले औंल्याए।
फेसबुकलाई प्रतिस्पर्धीभन्दा फाइदा पनि हुनसक्छ। प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल र फोटोहरू उनीहरूको सामाजिक सञ्जालको खाताबाट शेयर गर्न सक्नेछन्।
यो डेटिङ सेवा निःशुल्क हुनेछ। फेसबुकका केहि प्रतिस्पर्धीहरू निःशुल्क र शुल्कसहितको सेवा लिने गर्छन्।फेसबुकको यो सेवा सुरु भएलगत्तै टिन्डर र ओके क्युपिडजस्ता डेटिङ एप्लिकेसनको मातृ संस्था म्याच ग्रुपको शेयर बिहिबार ओरालो लागेको छ।
फेसबुकको डेटिङ अमेरिका लगायत सेवा १९ ओटा देशमा सुरू भइसकेको छ । त्यसमा अर्जेन्टिना, बोलिभिया, ब्राजिल, क्यानडा, चिले, कोलम्बिया, इक्वेडर, गुयाना, लाओस, मलेसिया, मेक्सिको, पाराग्वे, पेरू, फिलिपिन्स, सिंगापुर, सुरिनाम, थाइल्यान्ड, युरूग्वे र भियतनाममा पर्दछ ।
युरोपमा सन् २०२० देखि सुरु हुने तयारी छ भने अन्यदेशमा पनि लगत्तै सुरु हुने बताइएको छ।