Kathmandu Press

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

काठमाडाैं, माघ ४ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।आज पीसीआर परीक्षणको क्रममा उनलाई सङ्क्रमण पुष्टि भएको उनका...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

काठमाडाैं, माघ ४ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

आज पीसीआर परीक्षणको क्रममा उनलाई सङ्क्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए। उनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन।

रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहने छन्।

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्