Kathmandu Press

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाडाैं, माघ ४ : सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति...
अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाडाैं, माघ ४ : सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए।

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्