Kathmandu Press

माघ ७ गतेदेखि मनकामना मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक

काठमाडौं, माघ ४ : गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ७ गते शुक्रवारदेखि माघ...
माघ ७ गतेदेखि मनकामना मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक
Hardik ivf

काठमाडौं, माघ ४ : गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो । 

कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । 

कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । मनकामना केबलकार बन्द गर्नेबारे स्थानीय प्रशासन वा केबलकार ब्यवस्थापनले भने कुनै निर्णय गरिएको छैन् । 

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्