Kathmandu Press

२८ बैंकका सिईओलाई राष्ट्र बैंकको निर्देशन–प्रविधि र र सुरक्षामा लागानी बढाऊ 

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुलाई प्रविधि र सुरक्षामा लगानी बढाउन २८ वटै बैंकका प्रमुख कार्यकारी (स....

२८ बैंकका सिईओलाई राष्ट्र बैंकको निर्देशन–प्रविधि र र सुरक्षामा लागानी बढाऊ 

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुलाई प्रविधि र सुरक्षामा लगानी बढाउन २८ वटै बैंकका प्रमुख कार्यकारी (सिईओ) हरुलाई निर्देशन दिएका छन्। 

एटीएम ह्याकका विषयमा २८ वटै बैंकका सिईओलाई सोमबार बोलाएर छलफल गरेका गर्भनर नेपालले सुरक्षामा ध्यान केन्द्रित गर्दै लगानी बढाउन निर्देशन दिएका हुन्। गर्भनर नेपालले आइटी र साइबर सेक्युरिटीमा अहिले बैंकहरुले गरेको खर्च एकदमै कम भएको प्रति चासो दिँदै लगानी बढाउन आग्रह गरे।  

चिनियाँ ह्याकरहरुले विभिन्न बैंकका एटीएम बुथ ह्याक गरेर पैसा लुटेपछि केन्द्रीय बैंकले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउने विषयमा छलफल राष्ट्र बैंकले छलफल गरेको हो। 

गर्भनर नेपालले अहिलेको समयमा विश्वभर नै साइबर सेक्युरिटी ठूलो चुनौती बन्दै गएका बेला नेपाल पनि चनाखो हुनुपर्नेमा जोड दिएको छलफलमा सहभागीले एक बैंकरले जानकारी दिए। अघिल्लो शनिबार चिनियाँ ह्याकरले केही बैंकको साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए।
 

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, भदौ २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्