एपिएफ र आर्मीबीचको खेलमा बन्यो रेकर्डै रेकर्ड
काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताअतन्तर्गत मंगलबार सेमिफाइनलका दुवै खेल भए। प्हिलो सेमिफइनलमा पुलिस र बागमती भिड्दा दोस्रो सेमिफाइलनमा दुई...
काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताअतन्तर्गत मंगलबार सेमिफाइनलका दुवै खेल भए। पहिलो सेमिफाइनलमा पुलिस र बागमती भिड्दा दोस्रो सेमिफाइलनमा दुई विभागीय टिम एपिएफ र त्रिभुवन आर्मी क्लब भिडे।
एपिएफ र आर्मीबीचको विभागीय डर्बी भिडन्त निकै रोमाञ्चक बन्यो। कीर्तिपुरस्थित टियु मैदानमा आर्मीमाथि ४७ रनको जित निकाल्दै एफिएफ फाइलन पुग्यो।
प्रदीप र आसिफको कीर्तिमानी साझेदारी
टियु मैदाना पहिला ब्याटिङ गरेको एपिएफले विस्फोटक ब्याटिङ गर्दै आर्मीविरुद्ध २३० रनको विशाल योगफल बनायो । एपिएफको विशाल योगफलमा ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले कीर्तिमानी ब्याटिङ गरे।
दुवैले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरे। उनीहरुले १४.६ ओरभमा यो साझेदारी गरेका हुन्। यो साझेदारी नेपाली टी-२० क्रिकेटकै सर्वाधिक ठूलो साझेदारी हो। यी दुईले यसअघि प्रदेश २ विरुद्ध १२० रनको कीर्तिमानी साझोदारी गरेका थिए।
यस्तै, एपिएफले बनाएको २३० रन नेपाली घरेलु क्रिकेटको दोस्रो ठूलो योगफल हो। यसअघि यही प्रतियोगितमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध २४४ रन बनाको थियो।
आसिफले ४३ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाउँदा प्रदीपले ५३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए।
लोकेशले बनाए नयाँ कीर्तिमान
प्रदीप र आसिफले एफिएफलाई उत्कृष्ट सुरुआत दिलाए। तर, लोकेश बमले त्यो भन्दा पनि उत्कृष्ट ढंगले इनिङ समाप्त गरे। यो क्रममा उनले घरेलु टी-२० क्रिकेटमा नयाँ कीर्तिमान बनाए ।
आर्मीविरुद्ध विस्फोटक ब्याटिङ गरेका लोकेशले १४ बलमा अर्धशतक प्रहार गर्दै सर्वाधिक छिटो अर्धशकत बनाउने कीर्तिमान बनाए। यसक्रममा उनले ७ छक्का र २ चौका प्रहार गरे। नटआउट रहेका लोकेशले १८ बलमा खेल्दै ६६ रन बनाए ।
जितेन्द्र निकै महँगो
जारी प्रतियोगितामा आर्मी फास्ट बलर जितेन्द्र मुखिया निकै फर्ममा देखिएका थिए। तर, एपिएफविरुद्ध उनको प्रदर्शन बिर्सनालायक रह्यो ।
निकै महँगो साबित भएका उनले ४ ओभरमा ५७ रन खर्चिए। सुरुआती २ ओभरमा १५ रन मात्र खर्चिएका मुखियाले अन्तिम २ ओभरमा ४१ रन खर्चिए। उनको तेस्रो ओभरमा लोकेशले २३ र चौथो ओभरमा १९ रन प्रहार गरेका थिए। लोकेशले मुखियाविरुद्ध ७ छक्का प्रहार गरेका थिए।
आर्मी १८३ रनमा रोकियो
२३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो। उसका लागि राजेश पुलामी मगरले सार्वधिक ३८ रन बनाउँदा भिम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान दिए।
एपिएफका कप्तान शरद भेषावकरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने भुवन कार्की र अविनाश बोहराले समान २ विकेट लिए।
बुधबार हुने फाइनलमा एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ।











