Kathmandu Press

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

काठमाडौं, माघ ४ : विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन। २०७४ सालमा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो। अभिलेखालयमा...
राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

काठमाडौं, माघ ४ : विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन।
 
२०७४ सालमा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो। अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ। तर, कार्यरत भने १६ जना मात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानांगले जानकारी दिए।

कार्यालय विभागस्तरमा स्तरोन्नति भएकै वर्ष स्वीकृत दरबन्दीको सङ्ख्या भने ३७ बाट ३० मा झरेको थियो। राज्य पुनर्संरचना भएको भन्दै अभिलेखालयको दरबन्दी घटाइएको हो। जसका कारण एक जना कर्मचारीले बिदा लिए शाखा नै बन्द गर्नुपर्ने अवस्थामा अभिलेखालय पुगेको छ।

Hardik ivf

कार्यालयमा हाल अभिलेख शाखाको उपसचिव, माइक्रोफिल्म तथा विद्युतीय अभिलेख व्यवस्थापन शाखाका अधिकृत, पुस्तकालय अधिकृत, प्रशासनको नायब सुब्बा, रसायनविद्, रिप्रोग्राफर (माइक्रोफिल्म गर्ने), फोटोग्राफर, टाइपिस्ट नायब सुब्बा, लेखकजस्ता गरी १४ पद रिक्त छन्। 

कुमारीचोक, परराष्ट्र मन्त्रालय, निजामती किताबखानाका धेरै दस्तावेज अभिलेखालयलाई प्राप्त भएको छ, कर्मचारी अभावकै कारण यी दस्तावेजलाई सूचीकृत गर्न सकिएको छैन। ‘२० जना जनशक्ति थप गरेर १० वर्ष काम गर्दा पनि नसकिने यी दस्तावेज अलपत्र अवस्थामा थन्किएका छन्, २० जनाको दरबन्दी थपका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाएका छौं,’ उनले भने। 

जनशक्ति अभावकै कारण अभिलेखालयले विभिन्न कार्यालयमा रहेका २५ वर्ष पुराना राष्ट्रिय महत्वका कागजात संकलन गर्न सकेको छैन। यसका लागि समन्वय गर्ने जनशक्तिकै अभिलेखालयमा अभाव छ। अभिलेखालयमा सेवा निवृत्त र सरुवा हुने तर पदपूर्ति नहुने समस्या बढ्दै गएको छ।

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्