Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि नवलपरासीमा प्रशासन सेवा स्थगित

परासी, काठमाडौं, माघ ४ : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक साताका लागि सेवा प्रवाह स्थगित गरेको...
कर्मचारीमा कोरोना देखिएपछि नवलपरासीमा प्रशासन सेवा स्थगित

परासी, काठमाडौं, माघ ४ : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक साताका लागि सेवा प्रवाह स्थगित गरेको छ। 

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुईजना कर्मचारीमा कोभिड-१९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

Hardik ivf

नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा स्थगित गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयमा दैनिक दुई÷तीन सय सेवाग्राही नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। 

इलाका प्रशासन कार्यालय सेमरीलेसमेत अत्यावश्यक सेवा स्थगित गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले आगामी माघ ९ गतेसम्म सेवा प्रवाह स्थगित गरिएको कार्यालय प्रमुख मनोज सुवेदीले जानकारी दिए। 

पछिल्लो पटक जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १०० जना सक्रिय सङ्क्रमित रहेका छन्। 

प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्