Kathmandu Press

प्रधानमन्त्री कप: आज सेमिफाइलनमा चार टोली भिड्दै

काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन्।कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा नेपाल...
प्रधानमन्त्री कप: आज सेमिफाइलनमा चार टोली भिड्दै

काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन्।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भड्निे भएका छन्।

पुलिसले समूह ‘ए’ मा चारै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने बागमती प्रदेश समूह बी को उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो।

त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। एपीएफ समूह बी को विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने आर्मी क्लब समूह ए को उपविजेता बनेको हो।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली सहभागी थिए। पुस २६ देखि सुरू भएको प्रतियोगिताको फाइनल खेल भोलि त्रिवि क्रिेकट मैदानमै हुनेछ ।

प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्