Kathmandu Press

सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

वीरेन्द्रनगर, माघ ४ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार डिजिटिल राहदानी सेवाको प्रारम्भ गरेका हुन्। उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरे।

कार्यक्रममा प्रजिअ रिजालले सुरुका दिनमा राहदानी बनाउन एक महिना लाग्ने गरेको भए पनि अब छोटो समयमै बन्ने बताए। यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज हुने उनको भनाइ थियो।

उनका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन्। हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको जनाए।

राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क रु पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्