Kathmandu Press

जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या

म्याग्दी, माघ ४ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन्।जनप्रतिनिधि माझ आफ्नो भूगोलमा...
जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या

म्याग्दी, माघ ४ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन्।

जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ। कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पक्की पुल निर्माण भएपछि बेलीब्रिज प्रयोगविहीन भएका छन्। अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण अन्तिम चरणमा पुगेकाले पोखरेबगरको बेलीब्रिज पनि विस्थापित हुँदै छ।

Hardik ivf

राहुघाट खोलाको १०० फिट, तिप्ल्याङको १५० फिट र पोखरेबगरको बेलीब्रिज १६० फिट लामा छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेखोलामा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल सम्पन्न भएपछि त्यहाँको बेलीब्रिज पनि विस्थापित गर्नुपर्नेछ।

बेलीब्रिज स्थानान्तरणका विषयमा गत कात्तिकमा भएको जिल्लासभामा छलफल भए पनि जनप्रतिनिधिको मत बाँझिएपछि निर्णय हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए। २०५८ देखि सुरु गरी २०६५ मा सकिएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा नेपाली सेनाले नौवटा बेलीब्रिज बनाएको थियो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले प्रयोगविहीन भएका बेलीब्रिज उपयुक्त र आवश्यक पर्ने ठाउँमा स्थानान्तरण गर्न सहमतिमा निर्णयको प्रतिक्षामा रहेको बताए।

आयोजनाले प्रयोगविहीन बनेका बेलीब्रिज झिकेर बेनी–जोमसोम सडककै बेगखोला, रुप्से र खहरेखोलामा राख्न प्रस्ताव गरेको छ। 'बेगखोला र रुप्सेमा बर्खायाममा यातायात अवरुद्ध भएर यात्रुले सास्ती पाएका छन्,' उनले भने, 'जिल्लास्तरमा सहमतिमा स्थानको सिफारिस र विभागले निर्णय गरिदिए हुन्थ्यो।'

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगविहीन बनेका बेलीब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच रस्साकसी सुरु भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित स्थानीय कांग्रेस नेता पर्वतको जलजला–२ बगरफाँट र म्याग्दी सदरमुकाम बेनी जोड्ने कालीगण्डकी नदीमा बेलीब्रिज राख्न जोड गरेका छन्।

करिब ३०० घरधुरीको बसोबास रहेको बगरफाँट जोड्ने सडक कालीगण्डकीले कटान गरेपछि यातायात सम्पर्कविच्छेद भएको छ । म्याग्दीका केही नेताले भने बेनी–दरबाङ सडकअन्तर्गतको फापरखेतको पहिराले बर्खामा दुःख दिने भएकाले मङ्गलाको पखेर र सिमलचौरको सिमाना म्याग्दी नदीमाथि बेलीब्रिज स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ। (रासस)

प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्