Kathmandu Press

कुइन्स रेस्टुराँबाट चारजना पक्राउ

सुर्खेत, माघ ३ : वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्।कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय...
कुइन्स रेस्टुराँबाट चारजना पक्राउ

सुर्खेत, माघ ३ : वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।

उक्त रेस्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।

चारैजनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्