Kathmandu Press

चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन

बैतडी, माघ ३ : चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले...
चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन

बैतडी, माघ ३ : चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो।  

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ। एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहेका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिए। उनले भने, ‘एक सातादेखि सञ्चार सेवा अवरुद्ध छ, बैंकिङ काम र अन्य कामबाट पनि वञ्चित हुनुपरेको छ।’ 

नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराइएको भए पनि हालसम्म पनि बन्न नसकेको स्थानीयवासीको आरोप  छ। यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्‍याएकाले नेटवर्कमा समस्या आएको बताए।

खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए। उनले भने, ‘अन्य स्थानका टावरमा सामान्य क्षति रहेको भए पनि खोचलेकमा रहेको टावरमा आगलागी भएर उपकरणमा पूर्ण क्षति भएको छ।’
    
टावर मर्मतका लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको छ। उनले भने, ‘प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध हुन समस्या भएको छ, एक÷दुई दिनभित्रै समस्या समाधन हुन्छ।’

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्