Kathmandu Press

ए डिभिजन लिग : जवलाखेलमाथि एनआरटीको जित

ए डिभिजन लिग : जवलाखेलमाथि एनआरटीको जित

काठमाडौं, माघ ३ : सहिद स्माकर ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। लिगको नवौं चरणअन्तर्गत सोमबार भएको एकमात्र खेलमा एनआरटीले जावलाखेल युथ क्लबमाथि २–० को जित निकालेको हो।

जावलाखेलमाथि एनआरटीलाई जित दिलाउन दुवै गोल दर्शन गुरुङले गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भयो।

६८औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । मेसुके ओलोमोउको सुन्दर पासमा उनले जावलाखेलका गोलकिपर टेकेन्द्र थापालाई बिट गर्दै गोल गरेका थिए। 

पहिलो गोल गरेको ५ मिनेटपछि नै दर्शनले टिमको अग्रता दोब्बर बनाए । दोस्रो गोलका लागि दर्शनले स्टेफन समीरको पासलाई सदुपयोग गरे।

जितसँगै एनआरटी अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसले ९ खेलमा १३ अंक जोडेको छ । यता, जावलाखेल ८ अंकसहित दशौं स्थानमा छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्