एएफसी कप छनोट : मछिन्द्रको प्रतिस्पर्धी श्रीलंकाको ब्लु स्टार

काठमाडौं, माघ १ : एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप छनोटको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार मछिन्द्रले पहिलो प्रतिद्वन्द्वीका रुपमा श्रीलंकाको ब्लु स्टार क्लबलाई पाएको छ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल अप्रिल ५ मा हुनेछ। यो जितेमा मछिन्द्रले दोस्रो चरणमा आई लिग क्लब मोहन बगानको सामाना गर्ने छ। यो खेल अप्रिल १२मा हुनेछ।
एएफसी कपको दक्षिण एसियाली छनोटमा ६ टिम सहभागी छन्। जसमा नेपालको मछिन्द्रसँगै श्रीलंकाको ब्लु स्टार, भारतको मोहन बगान, भुटानको पारो एफसी, माल्दिभ्सको क्लब भ्यालेसिन्या र बंगलादेशको अवानी लिमिटेड छन्।
लिग ढिला सुरु भएपछि एन्फाले सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने नियम बनाएको थियो। सोहीअनुसार मछिन्द्रले एएफसी कप छनोट खेल्ने मौका पाएको हो।
प्रकाशित मिति: १६:५७ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











