Kathmandu Press

फाराम अनलाइनमा, मान्छे लाइनमा : किन बढ्यो काठमाडौं जिल्ला प्रशासनमा भीड ?

परिचयपत्र बनाउनेलाई कुन लाइनमा किन बस्ने भनी संकेत स्वरूप कहीँ टाँसिएको छैन । त्यसैले सेवाग्राही अलमलमा पर्छन् । जनक जागिरे हुन् । राष्ट्रिय परिचयपत्र बनाउने काममा लाग्दा सात दिनदेखि उनी कार्यालय जान पाएका छैनन् ।

काठमाडौं, माघ ३ : सिन्धुलीका जनक थापा मगर बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयअगाडि लाइनमा उभिएका थिए, राष्ट्रिय परिचयपत्र बनाउनका लागि । उनले एक साताअघि नै अनलाइनमार्फत फाराम भरेर यहाँ आई १८औँ नम्बरमा नाम टिपाएका थिए । ‘नाम टिपाएको भोलिपल्ट आएर दिनभर लाइनमा बसेँ,’ उनी भन्छन्, ‘भीडभाड भएकाले त्यो दिन त्यसै फर्किएँ । त्यसको भोलिपल्ट पनि पालो आएन ।’ 

उनका अनुसार, गेटबाहिर टिपाइएको नाम अनुसार भित्र सेवाग्राही लाइनमा बस्दैनन् । बिहान साढे ९ मा गेट खोल्नासाथ जो दौडिन सक्छ, उही अगाडि बस्न पाउँछ । ‘भित्र पनि दुईतिर लाइन हुन्छ, कता के गर्ने भनेर बुझ्नै गाह्रो हुन्छ,’ जनक भन्छन्, ‘लाइन बस्ने बेला यता–उता दौडिँदै पछाडि परिन्छ ।’

अनलाइन फाराम भरेर ल्याएको कपी बुझाउनै उनलाई तीन दिन लाग्यो । बिहीबार उनी फोटो खिच्ने लाइनमा थिए । 

Hardik ivf

परिचयपत्र बनाउनेलाई कुन लाइनमा किन बस्ने भनी संकेत स्वरूप कहीँ टाँसिएको छैन । त्यसैले सेवाग्राही अलमलमा पर्छन् । जनक जागिरे हुन् । राष्ट्रिय परिचयपत्र बनाउने काममा लाग्दा सात दिनदेखि उनी कार्यालय जान पाएका छैनन् । पासपोर्ट बनाउनका लागि परिचयपत्र अनिवार्य भएकाले उनी यसमा दिनरात लागिपरेका हुन् ।  

बिहीबार नागढुंगाकी शर्मिला पन्त पनि काठमाडौं जिल्ला प्रशासन परिसरमा लाइनमा थिइन्, अनलाइनमार्फत भरेको राष्ट्रिय परिचयपत्र फारामको फोटोकपी बुझाउन । ‘तीन दिनअगाडि राति २ बजे आएर लाइनमा बसेँ, बल्ल अफिस खुलेपछि नाम टिपाउन पाएँ,’ उनी भन्छिन्, ‘त्यसपछि लाइनमा बस्यो पालो आउँदैन, अनि फर्कियो । जतिलाई सेवा दिन सकिन्छ, त्यही अनुसारले नाम टिपाए हुन्थ्यो । अनलाइन फाराम भरेको के अर्थ भयो र यसरी लाइनमा बस्नुपरेपछि ! डिजिटल टोकन भएर सजिलो हुन्थ्यो ।’ 

टोखाकी संगीता श्रेष्ठ सोमबारदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेकी छन्, राष्ट्रिय परिचयपत्रका लागि । ‘हरेक दिन ९–१० बजेतिर आएर लाइनमा बस्छु । साँझ पालो नआएपछि त्यसै फर्कन्छु,’ उनले भनिन्, ‘यहाँ धेरैजसो साइबर क्रस भएको भन्दै घन्टौँ काम हुँदैन । डिजिटल टोकन सिस्टम भए कम्तीमा यसरी लाइनमा त बस्नुपर्दैनथ्यो ।’ 

२१ जिल्लावासीलाई सेवा दिनुपर्दा भीड : प्रशासन

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सामान्य भीडभाड सधैँ भइरहन्छ । यतिखेर भने सातौं दिनसम्म पालो नपाएको गुनासो गर्ने धेरै छन् । यस कार्यालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार, २ मंसिरदेखि राहदानी विभागले इ–पासपोर्ट (विद्युतीय राहदानी) का लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य ग¥यो, त्यसयता परिचयपत्र बनाउनेको यहाँ भीड बढेको हो । 

‘काठमाडौंवासीलाई मात्र सेवा दिने प्रविधि र क्षमताले अहिले २१ जिल्लावासीलाई सेवा दिइरहेका छौँ,’ सूचना अधिकारी अधिकारी भन्छन्, ‘अहिले इ–पासपोर्टसँग परिचयपत्र जोडिएपछि भीड बढेको हो । तत्काल पासपोर्ट बनाउने व्यक्ति मात्र परिचयपत्र बनाउन आए भीड हुँदैनथ्यो, तर अहिले अनिवार्यजस्तै सोचेर धेरै आएका छन् ।’

परिचयपत्र बनाउने सुविधा स्थानीय तहले दिँदा त्यतिखेर धेरैले वास्ता नगरेको पनि उनले बताए । उनका अनुसार, देशभर नै प्रत्येक जिल्लामा परिचयपत्रका लागि छुट्टै टिम बनाइएको छ । धादिङ, काभ्रे जिल्लावासी गृहजिल्ला पुगे पनि भीड कम हुने उनी बताउँछन् । ‘यहाँबाट आठ कर्मचारीले दैनिक दुई सय जनाको परिचयपत्र जारी गरेका छन्,’ उनी भन्छन्, ‘यो संख्या पनि कम्प्युटरमा समस्या नआए मात्र पुग्ने हो । दुई सयलाई सेवा दिने क्षमता भएको प्रशासनमा चार–पाँच सय सेवाग्राही पुछेपछि समस्या भएको हो ।’ 

नेपालमा २ मसिंर २०७५ देखि परिचयपत्र वितरण सुरु गरिएको हो।

याे पनि  ः

‘अनलाइनबाटै पूर्ण रूपमा काम गर्ने प्रविधि भित्रिएको छैन, त्यसैले लाइनमा पनि बस्नुपर्छ’

प्रकाशित मिति: १३:५० बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्