वीरगञ्जमा मोतियाबिन्दुको निःशुल्क उपचार
वीरगञ्ज, माघ ३ : वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८÷०७९...
वीरगञ्ज, माघ ३ : वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८÷०७९ मा करिब दुई हजार ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ।
३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ।
छोरी बचाऊ, छोरी पढाऊ
प्रदेश २ सरकारको छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ नमूना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ । नमूना माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ भन्दा माथिका ४२ छात्रालाई साइकल वितरण गरिएको हो ।
यसबाट विद्यार्थीलाई विद्यालय आउने थप सहजता हुने विद्यालयले जनाएको छ । छोरीलाई विद्यालय पठाउन प्रोत्साहनस्वरुप सकारात्मक सन्देश प्रभाव गर्न प्रदेश सरकारले यस प्रदेशका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ ।
पर्सामा कोरोनाविरुद्ध बुस्टर डोज
कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो ।
जिल्लामा आजदेखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालकलगायतकालाई दिनेछ। यसैबीच जिल्लामा यसअगावै सञ्चालित विशेष खोप अभियानमा जिल्लाका १४ वटा पालिकामा एक लाखभन्दा बढीलाई खोपको पहिलो र दोस्रो मात्रा खोप लगाइएको कार्यालयले जनाएको छ ।
स्थायी राजधानी वीरगञ्ज बनाउन माग
प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको निजी निवास अगाडि स्थानीय युवाले आइतबार साङ्केतिकरुपमा प्रदर्शन गरेका छन् । हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ।












