Kathmandu Press

डा बराललाई र गुरुङलाई सम्मान र पुरस्कार

काठमाडौं, माघ ३ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा...
डा बराललाई र गुरुङलाई सम्मान र पुरस्कार
Hardik ivf

काठमाडौं, माघ ३ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा डा कृष्णहरि बराललाई रु ५० हजारको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई रु एक लाखको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए।

सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर,  अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा राजेन्द्र विमल सम्मानित भइसकेका छन्। 

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसकेका छन्। 

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, माघ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्