Kathmandu Press

आज कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौं, माघ ३ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको...
आज कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौं, माघ ३ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै, प्रदेश १ र प्रदेश २ बाहेका प्रदेशमा मौसम बदली रहने महाशाखाले जनाएको छ।

Hardik ivf

आज बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमापातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, माघ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्