Kathmandu Press

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग

वालिङ, माघ ३ : स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई २५ हजार उपलब्ध गराएको छ।नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत...
कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग

वालिङ, माघ ३ : स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई २५ हजार उपलब्ध गराएको छ।

नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ। नगर प्रमुख दिलीपप्रताप खाँणले कोभिड-१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका वेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराएको बताए।

नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराएको हो।। नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।

चालु आर्थिक वर्षको सुरुआतबाट राहत र काजकिरियाका लागि २५ हजार उपलब्ध गराउन सुरु गरेका उनले बताए। गत पुसको १५ सम्ममा ४९ परिवारलाई सहयोग गरिएको छ। अझै ६० परिवार प्रक्रियामा रहेका छन्।

 

प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्