Kathmandu Press

चिसोका कारण कठ्याङ्ग्रिएर महिलाकाे मृत्यु

सिरहा, माघ २ : अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको गोलबजार–३ मा आज एक महिलाको मृत्यु भएको छ। केही दिनदेखि गोलबजार नगर क्षेत्रमा मागि...
चिसोका कारण कठ्याङ्ग्रिएर महिलाकाे मृत्यु

सिरहा, माघ २ : अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको गोलबजार–३ मा आज एक महिलाको मृत्यु भएको छ। केही दिनदेखि गोलबजार नगर क्षेत्रमा मागि खाँदै आएकी ५० वर्षीया महिलाको शव गोलबजार नगरपालिका–३ नमुना दलित बस्ती नजिकै फेला परेको प्रहरीले जनाएको छ।

विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण महिलाको मृत्यु भएको स्थानीयवासीले बताएका छन्। यता प्रहरीले महिलाको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। यसअघि चिसोका कारण सिरहा, सप्तरी र धनुषामा एक–एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्