हतियारसहित एक युवक पक्राउ
सिरहा, माघ २ : प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको...
सिरहा, माघ २ : प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ।
आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित महतोलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
प्रकाशित मिति: २०:२५ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)